काठमाडौं । सत्तारूढ नेकपा (एमाले) ले राष्ट्रिय सहमतिको सरकारको चर्चालाई ‘बेमौसमी’ विषय भएको बताएको छ । आज (सोमबार) बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । ‘राष्ट्रिय सरकार बेमौसमी विषय हो । यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्ने भनेको चाहिँ गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोजिएको हो,…