काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक करिब दुई घण्टा भइसक्दा पनि फेरि सुरु हुन सकेको छैन । बैठक फेरि सुरु गर्ने सन्दर्भमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्…