काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोक सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरू भत्काउन थालिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन महानगरले चार वटा डोजरको प्रयोग गरिरहेको छ । काठमाडौंका मेयर बालेन शाहले अतिक्रमित संरचना…