काठमाडौं, २६ जेष्ठ । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाण्डौ आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाण्डौ फर्काइदिएको हो । अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाण्डौ आइपुगेका अध्यागमन विभागले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता…