काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेशन पत्ता लागिसकेको भनी दिएको अभिव्यक्तिको स्मरण गराउँदै चार दिन बितिसक्दा समेत राई किन पक्राउ परेनन् भनी प्रश्न गरे…