बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ । सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा पहिरोमा बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ । पहिरोमा ज्यान गुमाएका ७८…