एजेन्सी । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकै पहिरोमा पुरिएर बिहीबार राति चार नेपालीको मृत्यु भएको छ। फाटा हेलिप्याड नजिकै खाट गडेरेमा पहिरोले घर पुर्दा नेपालबाट मजदुरीका लागि भारत गएका उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेहरूमा तुलबहादुर, पूर्ण नेपाली, कृष्ण परियार र चिकु बुरा रहेको रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले…