काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ। तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार…