काठमाडौं । बैतडीमा जवरजस्ती करणी(बलात्कार)को आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। सिगास गाउँपालिका–२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धामीलाई एक ३१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए । धामी सिगास गाउँपालिकाकै एक स्वास्थ्य संस्थामा कार्यरत छन्…