काठमाडौं, १२ असोज । देशभर हिजोदेखि निरन्तर पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिमा हल्कादेखि मध्यम र अरू सबै ठाउँमा घनघोर वर्षा भएको छ । मौसमविदले पूर्वानुमान गरेअनुसार नै धेरै ठाउँमा घनघोर पानी पर्दा जनजीवन प्रभावित भएको छ । हिजो दिउँसोसम्म पूर्वी क्षेत्रमा घनघोर वर्षा भएकोमा हिजो बेलुकीदेखि मध्य क्षेत्रमा घनघोर वर्षा भइरहेको छ भने…