काठमाडौं, ३ असोज । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हिजोजस्तै बिहानदेखि नै मौसम घमाइलो छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्य प्रदेश र दक्षिण उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको…