गोरखा । गोरखामा एक महिलाको हत्या भएको छ। पालुङटार नगरपालिका–७ घर भएकी २८ वर्षीया रश्मी कुमालको बुधबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए। ‘ती महिलाका पति विदेशमा रहेको खुलेको छ,’ एसपी पाठकले नेपालखबरसँग भने, ‘राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी रश्मीको हत्या गरेका हुन्।’…