काठमाडौं, २१ कार्तिक । तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच आजदेखि शुरू हुँदैछ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । आउँदो ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन…