काठमाडौं, ४ असोज । जेनजी आन्दोलनपछि उत्पन्न विषम अवस्थामा नेपाल यात्रामा सतर्कता अपनाउन आग्रहसहित भारतले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । नेपालमा रहेको भारतीय दूतावासले भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न अवस्था पछिल्ला दिनमा सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको हो । दूतावासले एड्भाइजरीमा गएको हप्ताको तुलनामा नेपालमा…