काभ्रे, ४ असोज । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको जनागाल–भैँसेपाटीमा कालोपत्र शुरु गरिएको छ । वर्षाका कारण रोकिएको कालोपत्र शुरु गरिएको हो । यसअघि असार र साउनमा मनसुनका कारण विस्तार रोकिएकोमा अहिले जनागालबाट भैँसेपाटीतर्फ कालोपत्र शुरु गरेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो । बनेपाको पुलबजार क्षेत्रमा भने सेन्टर लाइनको विषयलाई लिएर झन्डै छ महिनादेखि स्थानीयबासिन्दाले अवरोध…