सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन् । आज (मंगलबार) सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन् । पार्टी एकताबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका…