पोखरा । कास्कीको पोखरा सहर आज (बुधबार) देशकै सबैभन्दा बढी प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७९ पुगेको छ । दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन भएको छ । सोही समयमा भरतपुरको एक्यूआई १७० पुगेको छ । यस्तै, ललितपुरको भैँसोपटी, खुमलटार,भक्तपुर र काठमाडौंको…