काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियाकलाप संविधान विपरित भएको टिप्पणी गरेका छन् । जनतालाई पुनः रैती बनाउने गरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे । राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत…