काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव भोलि (सोमबार) हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले एक सूचना निकालेर भोलि सोमवार मतदान हुने जानकारी दिएको हो । पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसलापछि मतदानको मिति तय गरिएको हो । यसअघि चैत…