काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ । उनको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनले तत्कालीन गृहमन्त्री…