काठमाडौं । लोकसेवा आयोगले उपसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । उत्तीर्ण उम्मेदवारलाई आयोगले ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्ताका लागि बोलाएको छ । छनौटमा परेका उम्मेदवारले आवश्यक कागजातसहित ७ दिनभित्र आयोगबाट रुजु गराउनुपर्नेछ । त्यसपछि तोकिएको मितिमा ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्तामा सहभागी हुनुपर्ने सूचनामा उल्लेख छ ।