काठमाण्डौ । तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ । बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसमविद्…