–नविन रिजालदैलेख । दैलेखको सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्, ‘बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।’ १० वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले…