मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमाथि चैतर्फी घेरावन्दी र गलत प्रचार भयो : प्रदिप यादव

एमालेमाथि चैतर्फी घेरावन्दी र गलत प्रचार भयो : प्रदिप यादव

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, १७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का नेपका एमालेका उम्मेदवार प्रदिप यादवले एमाले माथी कु प्रचार र प्रहार भईरहेको बताएका छन् ।

यादबले पर्साको निर्वाचन क्षेत्र नम्बर १ को वीरगन्ज स्थित श्रीपुरमा वृहत् पार्टी प्रवेश तथा वडा भेलालाई सम्बोधन गर्दै चारै तिरबाट एमाले पार्टीको गलत तरिकाले कु प्रचार र प्रहार भईरहेको बताएका हुन् ।

उहाले एमालेको कु प्रचार गर्ने बिभिन्न पार्टीका उम्मेदवारहरुलाई आफ्नो पार्टी सँग बहस गर्न चुनौती दिएका छन्।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार वनेका यादवले जनताले कस्तो उम्मेदवारलाई चुनेर पाठाउने ५ बर्षमा चुनावको बेला मात्र जनताको घरघरमा भोट माग्न पुगेकाहरुलाई छान्ने कि जनता को दुख सुखमा साथ दिनेलाई चुन्ने त्यो जनताले सोच्ने बेला आएको औल्याउनुभयो।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटालाई ४ हजार ६ ५१ मतले पराजित गरेर तत्कालिन जसपा नेपाल पार्टीबाट विजयी भएका थिए भने २०७९ को निर्वाचनमा जसपा नेपालबाट एमाले गठबन्धनबाट स्वतन्त्र उम्मेदवार अजयकुमार दुवेदीलाई १ हजार ६ सय २० मतले पराजित गरेर दोस्रो पटक प्रतिनिधिसभामा विजयी भएका थिए।

उहाले बिरगंज लगायत पर्सा जिल्लामा चापा कलहरु सुकेर पानीको सँकट आएको बेलामा आफु खाने पानी मन्त्री भएको बेला पर्सा जिल्लाको जनताको घरघरमा पानी पुर्याएको बताउनुभयो।

पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवले आफुले जनताको सुख दुःखमा काम गरेकोले त्यसको ज्याला मजदुरी मतदाताहरु सँग उम्मेदवार भएर माग्न आएको जिकिर गरेका थिए ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ वीरगन्ज स्थित श्रीपुरमा वृहत् पार्टी प्रवेश तथा वडा भेला कार्यक्रममा जसपा नेपाल पार्टी परित्याग गरी करिब २ सयको हाराहारीमा नेकपा एमाले पार्टीमा प्रवेश गरेकाहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिका पुर्व मेयर विजय सरावगीले दोसल्ला र टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।
उम्मेदवार यादव पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट २ पटक निर्वाचित भएका थिए भने स्वास्थ्य वन र खाने मन्त्री गरी ३ पटक मन्त्री भइसकेका छन्।

अहिले यादवको कडा प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगटा सँग देखिएको छ ।
फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस र एमालेको एकदम कडा प्रतिस्पर्धा हुने भए पनि नेपाली कम्युनीष्ट पार्टीबाट अजय चौरसिया रास्वपा पार्टीबाट जनमत पार्टीका ओम प्रकाश सराफ
राप्रपा पार्टीबाट नन्दु श्रीवास्तव उज्यालो नेपाल पार्टीका पराग सिँह जसपा नेपाल पार्टीबाट राम नरेश यादव सहित विच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा १८ पार्टीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् १२ जनाले सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।