ढाका । बङ्गलादेशी प्रहरी जासुसहरूले शुक्रबार अशान्ति मच्चाएको आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई अस्पतालबाट डिस्चार्ज गर्न बाध्य बनाइ अज्ञात स्थानमा लगेको एक कर्मचारीले बताएका छन्। आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्य हुन्। उक्त समूह निजामती सेवा भर्ती नियमविरुद्ध हालै सडक र्याली आयोजना गर्न जिम्मेवार मानिन्छ। प्रधानमन्त्री शेख हसिनाको…