लिभरपुलका गोलकिपर एलिसन बेकरले बर्नमाउथविरुद्धको खेल गुमाउने भएका छन्। ह्यामस्ट्रिङको चोटका कारण शनिबार एनफिल्डमा हुने उक्त खेल उनले गुमाउने भएका हुन्। च्याम्पियन्स लिगमा बुधबार एसी मिलानमाथि लिभरपुलले ३–१ को जित हासिल गरेको थियो। उक्त खेल खेल्नुभन्दा पहिले एलिसनले यस साता व्यस्त तालिकाको बारेमा चिन्ता व्यक्त गरेका थिए। लिभरपुलका प्रशिक्षक अर्ने स्लटले सान सिरोमा आफ्नो नम्बर…