काठमाडौं । नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक जितेका छन्।…