काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ महानगरपालिकाले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको बताउनु भएको छ ।२९औँ काठमाण्डौ महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई…