काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ दलहरूले संवैधानिक परिषद्मा बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेको आरोप लगाएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियाले भने, “परिषद्मा बहुमत नपुग्ने नाममा लोकतन्त्रका लागि लडेकाहरूलाई कारबही गर्न पाइँदैन । दलहरूले नै लोकतन्त्रमाथि प्रहार गर्न पाइँदैन ।” अगाडि उनले भने,…