भोजपुर, ५ माघ । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नबर ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय धेरै घरमा पिउने पानी वितरण गरेको छ । वडाले अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार…