काठमाडौं, १ असोज । सरकारले खर्च कटौतीको तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित बसेको सचिवहरुको बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रालय, आयोग, सचिवालयलगायतमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरबन्दी संरचना स्वीकृतिका लागि २०८२ असोज २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ । प्रशासनिक सुधार…