काठमाडौं । रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले संसदीय दललाई निर्देशन दिएको छ। सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्न विधान बमोजिम निर्देशन दिएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । ३ बजे संसदीय दलको बैठक बस्दैछ निर्णयलाई अनुमोदन गर्नका लागिु, उहांले भन्नुभयो…