मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

सोलुखुम्बु, २७ असोज । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।