काठमाडौं,१३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी भएको छ।रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ,’ उहाँले…