बारा, ४ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको बा३–००१ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक बुधबार बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिकै आपसमा ठोक्किएर दुर्घटना भएका हुन् । दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ,…