काठमाडौं, ५ पुस । प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारीरूपमा काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर, आयोजनाको काम अलपत्र पार्नेको लाइसेन्स खारेज गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देश गर्नुभएको छ । बिहिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सञ्चार…