काठमाडौं, २० पुस । आज काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो महसुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोे अधिकतम तापक्रम १६ देखि १८ सम्म पुग्न सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिए। आज काठमाडौंको मौसम सामान्यतया हिजो जस्तै सफा रहनेछ।…