काठमाण्डौ, २३ बैशाख । – नेपाल विद्युत् प्राधिकरणले आज आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले यी तीन केन्द्र अन्तर्गत विभिन्न ठाउँमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले…