काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्मै भनाभन भएको छ । माओवादीकै सांसद लेखनाथ दाहालले आफूमाथि लगाएको आरोपको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली आक्रोशित सुनिँदै थिए । आइतबारको संसद् बैठकमा विद्युत् लाइन काटिएकोबारे आफू बोलेको विषयमा सांसद दाहालले लगाएको आरोपको खण्डन गरिसकेर प्रधानमन्त्री ओली सांसदहरूलाई सदनको मर्यादा स्मरण…