सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय लिएर चर्किएको विवादले उग्ररुप लिँदा कार्यालयमा तोडफोड भएको हो। निलम्बित नगर प्रमुख भीमराज यादवले गत आइतबार नगरपालिकामा लगाएको ताला आज मंगलबार बिहान कार्यवाहक नगर प्रमुख इसरत परबिन नेतृत्वको जनप्रतिनिधि समूहले तोडेपछि स्थिति तनावग्रस्त भएको हो। ताला तोडिएलगत्तै परबिन…