काठमाडौं । मुख्य दलका शीर्ष नेताहरूले सुरुमै बोल्छन् र हिँडिहाल्छन्। त्यसपछि साना दलहरूको पालो पाउँछ। त्यही क्रममा पर्छन् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। दलीय रूपमा सदनमा बोल्ने रोलक्रमअनुसार अध्यक्ष नेपाल अन्तिमतिर पर्छन्। पूर्वप्रधानमन्त्री भए पनि दल सानो भएकाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पछि उनको पालो आउँछ। बुधबार पनि उसैगरी अन्तिमतिर पूर्वप्रधानमन्त्री नेपाललाई टिआरसी विधेयकमाथिको छलफलमा…