काठमाडौं । सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ थालेको छ । शुक्रवार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रवन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।लामिछानेसँग समितिले सहकारी विशेष गरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे वयान लिएको हो…