काठमाडौं, १८ असार । यतिबेला गण्डकीदेखि पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । हिजो बेलुकी देशका प्रायः सबैजसो ठाउँमा पानी परे पनि राति पानी पर्ने क्रम केही कम भएको थियो । बेलुका सिन्धुपाल्चोक र दोलखामा ठूलो पानी परेका थियो । तर राति भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…