झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गए राति करिब २ बजे दमक नगरपालिका–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धपाउन गएका भट्टराईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए…