काठमाडाैं । महोत्तरीका भूमिहीन सुकुमबासीकाे पुस्तौँदेखि दोहोरिँदै आएको समस्या समाधानको नयाँ किरण देखिएको छ। सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालेपछि लालपुर्जा पाउने आशा बढेको छ। "आफ्नै भनेर झुपडीमा बसेका त छौँ, तर लालपुर्जा छैन," भङ्गाहा–४, रामनगरका जुगल सदा मुसहर भन्छन्, "अब सरकारले लालपुर्जा दिन्छ भन्ने सुनेका छौँ, त्यसो भए हामी पनि मालिक…