सुर्खेत । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टी महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन् । आज (आइतबार) सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताए । पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको बताउँदै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक…