काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्याली गरेको हो । बबरमहलबाट शुरू भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो । र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डेलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् । र्यालीमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाह…