काठमाडौ । काठमाडौको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली चलाएको पाइएको छ। काठमाडौँ प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार उग्र राजावादीको भीडलाई नियन्त्रणमा लिन ५८ राउण्ड गोली र ७४६ राउण्ड ग्याससेल प्रहार गरिएको थियो। त्यस्तै पेस्तोलबाट २ राउण्ड प्रहार भएको प्रहरीले जनाएको छ। त्यस्तै ब्याङ्क (आवाजमात्र आउने गोली) १९२ राउण्ड प्रहार गरिएको थियो।…