काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’ मा नआउने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली मोदीसँगको भेट राम्रो भए पनि सगरमाथा संवादमा नआउने जानकारी पाएको बताए । उनले भने, ‘उहाँको त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ । त्यो कार्यक्रम सेट भइसकेकाले उहाँ आउन सक्नु…