मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुष्पा-२ : बन्यो ५०० करोडमा, अल्लु अर्जुन एक्लैले लिए ३०० करोड, चार दिनमा कमायो ८२७ करोड भारू

पुष्पा-२ : बन्यो ५०० करोडमा, अल्लु अर्जुन एक्लैले लिए ३०० करोड, चार दिनमा कमायो ८२७ करोड भारू

न्यूजस्टोरी

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा-२ : द रूल’ले चार दिनमा विश्वभरबाट ८२७ करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ।

‘पुष्पा-२’ हालसम्म छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्र बनिरहेको छ। पहिलो दिन यो चलचित्रले भारतमा हिन्दी भाषामा मात्रै ७२ करोड ग्रसकलेक्सन गरेको थियो। यो भारतमा अहिलेसम्मकै धेरै ओपनिङ कलेक्सन हो। पहिलो दिन यो चलचित्रको वर्ल्डवाइड कलेक्सन २९४ करोड थियो। यो पनि भारतीय चलचित्रको ओपनिङ कलेक्सनको रेकर्ड थियो।

‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइमा बुलन्द देखिएको थियो। फिल्मले तीन दिनमा हिन्दी भर्सनमा मात्र २०५ करोड नेट कमाएको छ।
योसँगै ‘पुष्पा २’ तीन दिनमा सर्वाधिक कमाइ गर्ने र दुई अलग दिनमा ७० करोडमाथि व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ।

यसअघि सर्वाधिक ठूलो ओपनिङ र तीन दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’को नाममा थियो। यसले ६५ करोड ५० लाखको ओपनिङ गरेको थियो भने तीन दिनमा १ सय ८० करोड छापेको थियो। चलचित्र ‘पुष्पा-२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन्। चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन्।

यो चलचित्र ५०० करोडमा बनेको हो। जबकि यसका मुख्य अभिनेता अल्लु अर्जुनले ‘पुष्पा -२’का लागि ३०० करोड भारू पारिश्रमिक लिएका छन्। फिल्ममा अल्लु अर्जुनकी श्रीमतीको भूमिका निभाएकी रश्मिका मन्दनाले १० करोड लिएकी छन् जबकी उनले पुष्पाका लागि २ करोड लिएकी थिइन्। ‘पुष्पा २’ लाई जेलमा राख्ने अभियानमा रहेका आईपीएस भंवर सिंह शेखावतको भूमिका चर्चित अभिनेता फहद फासिलले निभाएका थिए। उनले फिल्मका लागि ८ करोड पारिश्रमिक लिएका छन्।