कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका छन्। पोखराको शहीद चोकमा सोमबार रास्वपा कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। ‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन्। गोर्खा मिडिया प्रालि निजी कम्पनी भएको र त्यसमा बदमासी भए सरकारले…