वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार दिउँसो गोली चलेको छ । नेपाल भारत सीमाक्षेत्रको मितेरी पुलको दक्षिणतर्फ दिउँसो भुइँमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बताए पनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेका छैनन् ।…